साझा नेटवर्क
जेठ १८ गते ,काठमाण्डौ – विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल थापाको निधन भएको छ । उहाँको उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।
कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । थापालाई श्वास प्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । त्यसपछि ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।
गएको शुक्रवार उहाँलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो ।
नेपालमा वैकल्पिक राजनीति लाई स्थापित गर्ने उद्देश्य बोक्नुभएका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक हुनुहुन्थ्यो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend