logo
  • शुक्रबार, साउन ८ २०८३

सिमिचौर समाज रुपन्देहीद्धारा राङबास आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हेमु पाण्डे,गुल्मी जेष्ठ १७ ।

कोरोना भाइरसको दोश्रो भेरियन्टले यति बेला देश लकडाउनको अवस्थामा छ । दिन प्रतिदिन कोरोना संक्रमित थपिएका छन । फ्रन्टलाईनमा खटिएर उपचार गर्ने चिकित्सकलाई स्वास्थ्य सामाग्री अभाव नहोस भनेर बिभिन्न सामाजिक संघ संस्थाले सहयोग गरी रहेका छन । स्वास्थ्य सामाग्रीको अभावमा कसैले ज्यान गुमाउन नपरोस भनी गुल्मी जिल्लामा पनि सिमिचौर समाज रुपन्देहीले एक पछि अर्को गरी सहयोग जुटाईरहेको छ ।उक्त संस्थाले केही दिन अघिमात्रै रेसुङ्गा नगरपालिकको वडा नम्बर १० को स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । समाजले फेरी पनि आइतबार रेसुङ्गा नगरपालिका वडा नम्बर ११ मा रहेको राङबास आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिरामी सुताउने बेड, अक्सीमिटर, माक्स, फेस शिल्ड, अक्सिजन सिलिण्डर, अक्सिजन फ्लोमिटर लगायतका स्वास्थ्य सामाग्री राङबास आधारभुत स्वास्थ्य केन्द्रकका प्रमुख भागिरत पाण्डेलाई समाजका सचिव कृष्ण बहादुर कार्की र कोषाध्यक्ष रमेश पाण्डेले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राङबास आधारभुत स्वास्थ्य केन्द्रकका प्रमुख भागिरत पाण्डेले सहयोगी संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगका आशा गरेको बताउनुभयो । यस्तै समाजका सचिव कृष्ण बहादुर कार्की र कोषाध्यक्ष रमेश पाण्डेले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग जारी राख्ने बताउनुभएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खुमबहादु रानाले समाजले गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गर्नुभयो । संस्थाका सचिव कृष्ण बहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खुम बहादुर रानाको प्रमुख आथित्यता रहेको थियो । यस्तै कार्यक्रममा राङबास कालिका क्लवका अध्यक्षका अध्यक्ष ज्योती रानाको सहभागीता रहेको थियो । यस्तै कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष रमेश पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend