logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

केशब गौतम, गुल्मी जेठ १७ ।
पछिल्लो २४ घन्टामा गुल्मीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा २९ जनलाई संक्रमण देखिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिकामा १२ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना, मदाने गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा १ जना, छत्रकाेट गाउँपालिकामा १ जना, कालीगण्डकी गाउँपालिकामा ३ जना, धुर्कोट गाउँपालिकामा २ जना गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

याे सगै गुल्मीमा काेराेनाबाट सकृय संक्रमितकाे सख्या ६३२ रहेकाे जनस्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ । पछिल्लो २४ घन्टामा मृत्युको संख्या २ रहे संगै दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ७८ पुगि सकेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २४ जना काेराेना संक्रमण मुक्त भए संगै अहिलेसम्म कुल एकहजार ५७२ जना कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend