logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेस उम्मेदवार पाण्डेय विजयी लुम्बिनीमा भएको राष्ट्रिय सभा उपचुनावमा 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जेठ १७,दाङ – लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपचुनावमा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ ।

विजयी पाण्डेयले चार हजार एक सय ४० मत ल्याउनुभयो भने चन्द्र बहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याउनुभयो ।
कुल तीन सय मतदाता रहेकोमा तीन मत खसेको थिएन ।
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्र बहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा चुनाव भएको हो ।
चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन रहेको थियो ।

विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेयलाई उम्मेदवार बनाएको हो ।
उहाँ प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।
पाण्डेयलाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend