साझा नेटवर्क
अनिल खत्री,गुल्मी जेठ १६ ।
गुल्मी जिल्लाले आगामी आर्थिक बर्ष २०७८ र ०७९ को लागि ४ अर्ब भन्दा धेरै बजेट पाएको छ । जिल्लाका १२ स्थानिय तह मध्य २ नगरपालिका र १० गाउँपालिका रहेका छन । जसमा जम्मा ४ अर्ब ३४ करोड ७८ लाख रुपैया पठाइएको छ । जसअन्तर्गत मुसिकोट नगरपालिकाले ४७ करोड १८ लाख रुपैया बजेट पाउँदा रेसुङ्गा नगरपालिकाले ३८ लाख ४० हजार रुपैया रकम पाएको छ ।
त्यस्तै स्थानीय तहमा कालिगन्डकी गाउँपालिकाले ३२ करोड ८१ लाख , गुल्मी दरबार गाउँपालिकाले ३३ करोड २९ लाख ,चन्द्रकोट गाउँपालिकाले ३३ करोड ४ लाख ,छत्रकोट गाउँपालिकाले ३६ करोड ९६ लाख, धुर्कोट गाउँपालिकाले ३८ करोड ५२ लाख पाउने भएका छन । मदाने गाउँपालिकाले ३५ करोड ३५ लाख , मालिका गाउँपालिकाले ३७ करोड ११ लाख, रुरु गाउँपालिकाले ३६ करोड ५० लाख, सत्यवति गाउँपालिकाले ३५ करोड ९४ लाख र सबैभन्दा कम बजेट इस्मा गाँउपालिकालाई २९ करोड ६८ लाख रुपैयाँ छुट्टाइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend