साझा नेटवर्क
धनी बाउकी छोरी तिमि गर्न काम सक्छ्यौ नाई !
कुरौटे यो समाजमा बचाउन नाम सक्छ्यौ नाई !!
सम्पत्तिको टुक्रो छैन त्यदैमा झन कमजोर छु म !
मेलापात गएर कमाउन दाम सक्छ्यौ नाइ !!
बुढाबुढी बाबा आमा भगवान मै लीन हुदा !
घुमाउन नेपालका चार धाम सक्छ्यौ नाइ !!
शहरमा पंखा कुलर चलाउदै बस्ने तिम्ले !
बेसी तिर हिड्दा खेरी सहन घाम सक्छ्यौ यौ नाइ !!

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend