logo
  • मंगलबार, असोज १३ २०८३

 मासिक न्यूनतम १५ हजार बाल विकास केन्द्रका शिक्षकको तलब 


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जेठ १५, काठमाण्डौ – सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएको छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएको र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेश मार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend