logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी दरबार निवासी सामाजिक अभियानता भुसालद्वारा स्वास्थ्य सामाग्री सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चुरामणि तिमिल्सिना ,गुल्मी जेठ १३।
गुल्मी दरबार गाउँपालिका २ निवासी सामाजिक अभियानता समाजसेवी कृष्ण भुसालले काठमाडौंबाट गाउँपालिकामा महामारिबाट बच्न बचाउन भन्दै स्वास्थ्य सामाग्री पठाउनु भएको छ ।
भुसालले पठाउनु भएका स्वास्थ सामाग्रीहरु वडा नं। ४ का वडाध्यक्ष खुमबहादुर पल्ली, समाजसेवी कृष्ण खनाल, सुशिला पुन मार्फत गाउँपालिकामा हस्तान्तरण गरिएको हो । गाउँपालिकामा कोभिड संक्रमण रोकथामको लागि प्राप्त सामग्रीहरूले ठूलो सहयोग मिल्ने हुँदा गाउँपालिका परिवारले अभियानता भुसाललाई धन्यवाद दिएको थियो ।

जस्मा अक्सि मिटर ८ थान माक्स १०००थान, स्यानीटाईजर १५ लिटर रहेको थियो। कार्यक्रममा सहभागीता जनाउनु भएका अग्रजहरुले आ आफ्नो ठाँउबाट सानोतिनो सामाग्री सबै तिर सहयोग पठाउन सकेमा पालिका भित्र पनि स्थानमा स्वास्थ सामाग्रीको अभाव पनि नहुने बताउनु भयो।

हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्षमण पाण्डेले सामाग्री पठाउनु भएकोमा धन्यवाद दिनु भयो। यता स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता हुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend