साझा नेटवर्क
साझा नेटवर्क, १२ जेठ, काठमाडौं । लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबारआज नयाँ संक्रमितभन्दा धेरै संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमण मुक्त भएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend