logo
  • आइतबार, असोज ११ २०८३

कोभिड १९ व्यवस्थापन आर्थिक अभियानबाट संकलित रकमबाट स्वास्थ सामाग्री हस्तान्तरण ।


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सम्झना पोखरेल,गुल्मी जेठ ११|
धुर्कोट गाउँपालिका भित्र तिब्र गतिमा बढिरहेको कोरोना भाइरस नियन्त्रणको लागि धुर्कोट गाउँपालिकाले गरिरहेको कार्यहरुलाइ सहयोग गर्दै कोरोना भाइरस परिक्षणको दायरालाइ व्यापक र फराकिलो बनाउन, आवश्यक स्वास्थ्य सामग्री जुटाउन, अक्सिजन अभावलाई न्यूनीकरण गर्न र सचेतनामुलक कार्यक्रम सन्चालन गर्नको लागि धुर्कोट युवा सन्जालले सन्चालन गरेको धुर्कोट कोभिड व्यवस्थापन आर्थिक अभियानबाट संकलित रकम मार्फत आज एक कार्यक्रम बिच धुर्कोट गाउँपालिका लाई एक लाख उनान्चालीस हजार एकतिस रुपैयाँ बराबरको १५० थान एन्टिजिन किट र १५ थान पिपिइ हस्तान्तरण गरिएको थियो ।

धुर्कोटमा जन्मिएर देश बिदेशमा रहनुभएका युबाहरु, ब्यापारि, कर्मचारी र केही जनप्रतिनिधिले समेत उक्त अभियानमा सहयोग गर्नुभएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख भुपाल पोखरेल, उपप्रमुख शिव ब. खत्री, प्रमुख प्रशाशकिय अधिकृत काशीराम पन्थी, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल र अभियानको तर्फबाट पुष्कर खड्का , कृष्ण के सि, राजन पोखरेल र नारायण जिसिको सहभागीता रहेको थियो।

धुर्कोटमा स्थानीय सरकार कोरोना नियन्त्रणको लागि लागिरहेको तर स्थानीय सरकारलाई सहयोग गर्नु आफुहरुको दायित्व भएकोले सामाजिक सन्जालको प्रयोग गरि आर्थिक अभियान सन्चालन गरेको र हालसम्म देश बिदेशमा रहनुभएका ५० जना भन्दा बढी धुर्कोट निवासी ब्यक्तिहरुले करिब एक लाख असी हजार जति सहयोग गर्नुभएको अभियानका अभियान्ता कृष्ण के सीले बताउनुभयो ।
धुर्कोटका युबाहरुलाइ बिपतमा भावनात्मक रुपमा जोड्न र आफ्नो जन्म ठाँउप्रती उत्तरदायी बनाउन सफल भएको छ। अभियानले मुख्य गरि गाउँपालिका भित्रका युबाहरुलाई संयोजन गरि हरेक बिपत्ति र अप्ठ्यारोमा गाउँपालिका सङ हातेमालो गर्ने उदेश्य राखेको छ।
आफुहरुलाइ यस प्रकारको अभियान सन्चालन गरि सहयोग गरेकोमा अभियानका सम्पुर्ण अभियान्ता, आर्थिक, भौतिक सहयोग गर्ने सहयोगदातालाइ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले आफुहरुलाई थप उत्साह थपिएको बताउनु भयो। साथै उहाले अब प्रत्येक वडाबाट एन्टिजिन परिक्षण गर्न सकिने बताउनुभयो। सहयोग गर्ने चाहनुहुने मानुभावहरुले सन राइज बैकको Krishna Bahadur KC/Rajan Pokharel नाममा रहेको खाता न 0910486398701001 रकम जम्मा गर्न सकिने अभियान्ता पुष्कर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend