logo
  • शनिबार, साउन ३० २०८३

कोभिड समस्या न्यूनिकरणको लागि रामकुमार श्रेष्ठद्वारा १,१११ डलर सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

भरत श्रेष्ठ , अष्ट्रेलिया जेठ १० ।
विस्वब्यापी महामारीको रुपमा देखा परेको मानब ईतिहासकै अहिलेसम्मकै भयाबह कोभिड १९ को पहिलो चरणको प्रभाबले थिलथिलो पारेको हाम्रो मातृभूमि नेपाल त्योभन्दा भयाबह दोस्रो लहरको चपेटामा नराम्ररी परेको छ।

नेपालमा देखा परेको समस्याको डरलाग्दो अवस्थाले गर्दा यस्मा अमेरिका, बेलायत, अष्ट्रेलियाका सरकारमा समेत गंभिर रुपमा ध्यानाकर्षण भएको छ र ती सरकारहरुले धमाधम ठूलो सहयोग गर्न शुरु गरिसकेको छ। बहुरास्ट्रिय निकायहरुको पनि कोभिड १९ ले नेपालमा सिर्जना गरेको आपतकालिन अवस्थाका कारण ध्यानाकर्षण गर्न शुरु गरिसकेको छ र यस्को प्रतिकृया स्वरुप सन्चालनमा ल्याइएको घटना ब्यबस्थापन प्रणालीसंगै विस्व स्वास्थ्य संगठनले धेरै कर्मचारीहरु नयाँँ सुपरिबेक्षकका अन्तर्गत नयाँँ भूमिकाका साथ प्राबिधिक सहयोगमा उत्रिसकेको छ।

बच्चामा रोग क्षमता शक्ति स्वाभाबिक रुपमा कम हुने भएकोले अहिलेदेखि तयारी गरिएन भने सम्हाल्न नसकिने भन्दै बिज्ञहरु चिन्ता ब्यक्त गरिराखेका छन । कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम भएकोमा हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् ।

यस्तो बिषम परिस्थितिमा कुनै पनि देशमा बस्ने नेपाली मौन रहन सक्तैन । यसै सन्दर्भमा गोरखा घर भै विस्वभरी छरिएर रहेका गोरखालीहरुको विस्वब्यापी सन्जाल ग्लोवल गोरखा समाजले आफ्नो जन्मभूमिमा आइपरेको यो गहिरो संकटप्रति आफ्नो दायित्व महसूस गर्दै यो भयाबह संक्रमणबाट हुनसक्ने अकल्पनिय क्षतिको न्यूनिकरणको लागि जति सक्दो छिटो सहयोगको आवस्यकता रहेकाले फेस मास्क, अक्सिमिटर तथा अक्सिजन कन्सन्ट्रेटर जस्ता अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु सक्दो सहयोग गर्ने अठोट गरी विस्वब्यापी रुपमा कोष संकलन गर्दैछ।

नेपाली संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने अभिप्रायले अस्ट्रेलियामा पहिलो पटक गाइजात्रा कार्यक्रम आयोजना गर्ने, नेपालमा एम्बुलेन्स प्रदान गर्ने लगायतका थुप्रै सामाजिक काम गर्दै आएको गोरखा समाज अष्ट्रेलियाले पनि ग्लोवल गोरखा समाजको यो उद्धेस्य प्राप्ती कार्यमा अष्ट्रेलियामा पनि कोष संकलन गरिराखेकोले यस्को सल्लाहकारको हैसियतमा यस्को अकाउण्टमा मेरा परिवारका सदस्यहरु प्रभा देवी श्रेष्ठ, पुरक श्रेष्ठ र पुजा श्रेष्ठ सबैका तर्फबाट १,१११ डलर जम्मा गरिदिएको छु र सबैले आ-आफ्नो क्षमता अनुसार सहयोग गर्न पनि हार्दिक अनुरोध गर्दछु।

सहयोगको लागि गोरखा समाज अष्ट्रेलियाको राहत संकलन कोषको विवरण 
Account Name: Gorkha Samaj Australia
BSB: 062443
Account Number: 11301389

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend