साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ १०।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले दुई लाख ८४ हजार ९३५ सहयोग गरेको छ।
आइतबार प्रतिष्ठानका जिल्ला अध्यक्ष बसन्त खत्रीको नेतृत्वमा महासंघमा गएको समुहले महासंघका अध्यक्ष अध्यक्ष टोपलाल अर्याललाई उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै प्रतिष्ठनका अध्यक्ष खत्रीले गुल्मीका पत्रकारहरुको कर्म देशमै उत्कृष्ठ रहेको तथा अभियान जनताको पक्षमा रहेकोले आफुहरुले सहयोग गरेको बताए ।
उनले प्रतिष्ठानमा आवद्ध कार्यसमिति सदस्य, आजिवन सदस्य, जिल्लामा रहेका विभिन्न कलाकार तथा प्रतिष्ठानका शुभचिन्तकहरुसँगबाट संकलन गरिएको रकम महासंघलाई हस्तान्तरण गरेको बताए । अक्सिजन प्लान्ट अभियानको लागि आइतबार नै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २६ हजार २५० प्रदान गरेको छ । कार्यालयका कर्मचारीहरुबाट संकलन गरिएको रकम महासंघलाई प्रदान गरेको हो।
कार्यालयका प्रमुख नारायण काफ्लेले पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम प्रदान गर्दै काफ्लेले पत्रकार महासंघले सुरु गरेको अक्सिजन अभियानको सफलताको शुभकामना दिए । महासंघले सुरु गरेको अभियानमा हालसम्म ५० लाखभन्दा बढी रकम संकलन भएको छ।
५० लाख नगद र जिल्ला समन्वय समितिबाट भुक्तान लिन बाँकी १० लाखसहित ६० लाख सोमबार जिल्ला अस्पताललाई प्रदान गर्ने कार्यक्रम रहेको महासंघका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend