साझा नेटवर्क
उर्मिला यादव यात्री, नवलपरासी जेठ ९ ।
पश्चिम नवलपरासीमा आइतबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ३३ र एन्टिजेनबाट १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ६सय १ पुगेको छ ।
आइतबार सबैभन्दा बढी बर्दघाट नगरपालिकामा १४ जना महिला र ७ जना पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ । सुनवल नगरपालिकामा १४ जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना र सुस्ता गाउपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउपालिकामा आइतबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । त्यस्तै आइतबार ४१ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार एकसय ६ पुगेको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ८० रहेको छ । आइतबार कोरोना संक्रमणबाट जिल्लामा एक जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय पन्ध्र पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend