साझा नेटवर्क
साझा नेटवर्क, दाङ जेठ ९ ।
नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुक कतारमा स्थापित दाङ्ग देउखुरी सेवा समाज, साउदी अरब, युएईमा र साईपरस, अस्ट्रेलिया, हङकङमा रहेका दङ्गाली तथा गैर दङ्गाली श्रमिकहरुले दैनिक खर्च कटाएर संकलन गरेको दुईलाख बीस हजार रुपैयाँ नेपाल पत्रकार महासंघ दाङ्ग, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र बेलझुण्डी कोरोना हस्पिटल दाङ्ग, लमही कोरोना हस्पिटल, सिसहनिया कोरोना हस्पिटल देउखुरीलाई अक्सिजन भर्नको लागि आर्थिक हस्तान्तरण गरिएको छ ।
आईसोलेसनको लागि नेपाल पत्रकार महासंघ दाङ्ग, राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानको अक्सिजन पलान्ट निर्माणको लागि र बेलझुण्डी कोरोना हस्पिटल, लमही कोरोना हस्पिटल र सिसहनिया कोरोना हस्पिटलमा अक्सिजन भर्नलाई हस्तान्तरण गरिएको छ ।
सामाजिक अभियान्ता योगेश श्रेष्ठको सक्रियतामा, साउदी, युएई ,साईपरस,पर्चुगल, हङकङ र अस्ट्रेलियामा रहेका नेपालीहरु एवं कतारस्थित दाङ्ग देउखुरी सेवा समाजको सहयोग तथा सहकार्यमा शनिबार एक कार्यक्रमका बीच दाङ देउखुरी सेवा समाज संस्था दाङ्गका अध्यक्ष लीलामणि लामिछाने, प्रमुख सल्लाहकार नुमाकान्त सुवेदी, कतारका अध्यक्ष छबिलाल बुढाथोकी ,उपाध्यक्ष सुर्य सुवेदी, सदस्यहरु बलदेव बि क, युद्ध बहादुर भुसाल,सल्लाहकार चन्द्र बहादुर नेपाली लगायत कार्यसमितिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रमुख संगीता भण्डारी, नेपाल पत्रकार महासंघ दाङ्ग शाखाका अध्यक्ष दुर्गालाल के सी, सिसहनिया स्वास्थ्य चौकी अस्थाई कोरोना आईसोलेसन प्रमुख डा.रेगन सिंह थापा, बेलझुण्डी कोरोना हस्पिटलका अध्यक्ष पदम प्रसाद न्यौपाने र ब्यबस्थापक दोर्ण ओलिलाई हस्तान्तरण गरेका हुन।
लमही र तुलसीपुरमा भने छिट्टै आर्थिक हस्तान्तरण गरिने दाङ्ग देउखुरी सेवा समाज संस्था दाङका अध्यक्ष लीलामणि लामिछानेले बताए । अक्सिजन सिलिण्डर रकम हस्तान्तरण गर्दै कतारका अध्यक्ष छबिलाल बुढाथोकीले कतार लगायत विभिन्न देशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरिरहेको बाकी रकम छिट्टै हस्तान्तरण गरिने जानकारी दिए।
पुर्व अध्यक्ष नुमाकान्त सुबेदिले कोभिड –१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाउने सबै आर्थिक दातालाई धन्यवाद दिए ।
महासंघ अध्यक्ष दुर्गालाल के सी, राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान प्रमुख संगीता भण्डारी, बेल्झुण्डी कोरोना हस्पिटल का अध्यक्ष पदम प्रसाद न्यौपानेले संकटको समयमा सहयोग गरेकोमा दाङ्ग देउखुरी सेवा समाज अनि सह्योगी दाताहरु प्रति हार्दिक आभार प्रकट गरे ।
दाङ्ग देउखुरी सेवा समाज संस्था दाङ्गले कतारबाट प्राप्त रकम अक्सिजन भर्न र अक्सिजन पलान्ट निर्माणलाई आवश्यकता अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराही पचपन्न हजार, बेलझुण्डी कोरोना हस्पिटल पचास हजार रुपियाँ, लमही कोरोना हस्पिटल चालीस हजार रुपियाँ, नेपाल पत्रकार महासंघ दाङ्ग पच्चीस हजार , सिसहनिया कोरोना हस्पिटलमा बीस हजार र तीस हजार रुपियाँ पश्चिम तुलसीपुर कोरोना हस्पिटललाई वितरण गर्न निर्णय गरेका थिए । दोस्रो चरणको सहयोग रकम संकलन जारी रहेको दाङ्ग देखुरी सेवा समाज कतारका पुर्व अध्यक्ष बसन्तराज पुरीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend