साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ ८।
मोहन तरामु, फुटवल खेलका अब्बल खेलाडी हुन् । जो चिदिचौरमा फुटवलसंग कुद्दा कैयौले हुटिङ गर्थेे । कम बोल्थे । खेलमै धेरै परिश्रम गर्थे ।
त्यसैले उनी कुमारी र आरसिटी क्लवबाट बि डिभिजनमा राम्रो खेल खेले । त्यो बाहेक जिल्लामा रेसुंगा र पुल्चोक, फोर्टिन स्टार लगायतका क्लवमा थुप्रै खेलहरु खेलेका छन् । साथै कैयौ फुटवल प्रतियोगीतामा कोच र रेफ्रीको रुपमा काम गर्थे । मोहन देश र जिल्लाको खातिर कैयौ पटक खेल मैदानमा लडे । तर, हिम्मत लिएर त्यतिनै पटक उठे ।
अहिले अस्पतालको शैयामा ढलेका छन् । उनलाई उठाउने कसले ? परिवार आर्थिक समस्यामा कारण छटपटिएको छ । कस्तो बिडम्बना ! राष्ट्रको गहना खेलाडी अस्पतालको बेडबाट प्राण मागिरहेको छ । राजनैतिक दल कुर्सी मोहमा डुवेका छन् । कोभिड–१९ को संक्रमणको कारण अक्सिजन माग्दा माग्दै प्राण पखेरु त्यागेका छन् ।
उनलाई बचाउन परिवार र खेलाडीहरु सडकमा चन्दा संकलन गरिरहेका छन् । २६ बर्षीय मोहन सत्यवति ३ ठुलोलुम्पेक स्थायी घर भई लामो समयदेखि तम्घासमा बस्दै आएका थिए । उनी शुक्रबार खोलामा पौडी खेल्न खोला झरे । फौडने क्रममा टाउको ढुङामा ठोकिएर गम्भीर चोट लाग्यो ।
उनको अहिले छातीदेखि तलको भाग चल्दैन् । अचेत जस्तै छन् । मोहनका बुवा पुर्ण बहादुर तरामुले भर्ना गरेर शल्यक्रियाको तयारीमा रहेको बताए । ‘छोरा बोल्दैन, अस्पतालले भर्ना गरेर शल्यक्रियाको लागि रकम मागेको छ,’उनले भने,‘पैसा जुटाउनै नसकेर केहि भन्न सकेको छैन ।
बेडबाट उठेर मोहनले मैदानमा फेरि गोल हानेको देख्न अहिले सवैले सहयोग गर्नुको बिकल्प छैन् । अर्का फुटवल खेलाडी सागर आलेले खेलाडी मैदान गोटी मात्रै भएको प्रतिक्रिया दिए । ‘खेलाडी घाइते भएर ढल्यो उपचार गर्न चन्दा उठाउनुपर्ने कस्तो बिडम्बना,’उनले भने,‘खेलाडी खेल मैदानका लागि मात्रै भए ।
नेपाल पत्रकार महासंघ गुल्मीले मोहनको लागि २५ हजार आर्थिक सहयोग गरेर सवैलाई उपचारमा सहयोग गर्न आव्हान गरेको छ । महासंघले खेलाडीको सम्पूर्ण उपचार सरकारले गर्न ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले खेलाडी घाइते भएको बिषयमा प्रहरीलाई समेत जानकारी नभएकाले आफुले उपचारको बिषयमा समन्वय र सहजीकरण गर्ने बताइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend