logo
  • शनिबार, कार्तिक २२ २०८३

२४ घण्टामा ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमणमुक्त


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क ,८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३५७ पीसीआर परीक्षणमा ८ हजार ५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend