साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ्ग जेठ ७।
कोभिड १९ संक्रमण न्युनिकरण तथा व्यवस्थापन सहयोग अभियान बडिगाड खर्वाङले खर्वाङ आधारभुत स्वास्थ्य इकाइलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ।

बडिगाड गाउँपालिका वडा नं. २ को प्रत्येक टोलमा पुग्नेगरि स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको अभियानले जनाएको छ। स्वास्थ्य इकाइलाई आवश्यक पर्ने पिपिइ, अक्सिमिटिर, थर्मोमिटर, सेनिटाइजर, सलाइन, सिटामल, मेट्रोडिनाजोल, जिवनजल, डिकोल्ड, मास्क, सावुन लगाएतका सामाग्रि वितरण गरिएको अभियानका संयोजक दिन बहादुर केसि (विष्णु) ले जानकारी दिनुभएको छ।

प्राप्त सामाग्रि मध्य आधारभुत सामाग्रि वडा नं. २ का प्रत्येक टोलमा महिला स्वास्थ्य स्वयंसेविका तथा केहि स्थानमा शिक्षकहरुलाइ परिचालन गर्ने र स्वास्थ्य सामाग्रि पुर्याउने र टोलवाटै सेवा दिने गरि तयारी भएको वडा अध्यक्ष ढाल प्रसाद शेरचनले जानकारी दिनुभएको छ।
सनिवार सम्म सवै महिला स्वास्थ्य स्वयं सेविका, तथा खटाइएका शिक्षकहरुलाइ सामान्य तालिम सहित सामाग्रि हस्तान्तरण गर्ने र सेवा सुरु गर्ने खर्वाङ स्वास्थ्य इकाइका प्रमुख रञ्जीत यादवले बताउनु भएको छ। अभियानले खर्वाङमा निर्मित आइसुलेसनलाई समेत सहयोग गर्दै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend