logo
  • आइतबार, असोज ११ २०८३

नवलपरासीमा बस दुर्घटना हुदाँ घटनास्थलमै चार जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री, जेठ  ०५।
पश्चिम नवलपरासीमा बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना. ५ ख २७१३ नम्बरको बस दाउन्ने पहाडको खुर्सानी खोलामा खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्लाकी सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली रहेका छन् । दुर्घटनामा रुकुम पश्चिम र सल्यानका यात्रु गरी ४९ जना घाइते भएका छन् ।

यस्तै गम्भिर घाइते भएका २ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै सामान्य घाइते भएकाहरुलाई  उपचारपछि आज नै घर पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भयो । बस दाउन्ने पहाडबाट १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend