logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ५ शैंयाको आइसियु स्थापनाका लागि २ करोड़ रुपैयाँ बिनियोजन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी जेठ ०५।
गुल्मी जिल्ला अस्पतालमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट रू २ करोड़ रुपैयाँ विनियोजन भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड़ रुपैयाँमा ५ शैंयाको आइसियु स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट बिनियोजन भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए । कोरोना संक्रमणको दोस्रो लहर जिल्लामा १ हजार बढि संक्रमित भएका छन् । जिल्लामा थप सुबिधासम्पन्न अस्पताल नहुदा धेरै जना बिरामी ठूलो रकम खर्चेर काठमाडौं लगाएतका शहरमा लैजानु पर्ने बाध्यता रहको छ।

तर जिल्लामै ५ शैंयाको आइसियु स्थापन भए धेरै राहत मिल्नेछ। यस अघि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ। त्यस्तै रुरु, श्रृंगा र जोहांग ( खैरेनी) प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी गरिएको नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend