logo
  • आइतबार, असोज ११ २०८३

अक्सिजन प्लानट अभियान अभियान जेठ १० गतेसम्म


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ०५ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको अक्सिजजन प्लान्ट अभियान जेठ १० गतेसम्म संचालन हुने भएको छ ।

पत्रकार महासंघ, गुल्मीको सोमबार बसेको बैठकले जेठ १० गतेसम्म मात्र अभियान संचालन गर्ने र त्यसपछि अक्सिजन प्लान्ट निर्माण नभएसम्मका लागि अक्सिजन आपूर्ति र सहजीकरणलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकका निर्णयहरुलाई महासंघका अध्यक्ष टोपलाल अर्यालले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग गर्न इच्छुक सबैलाई १० गतेसम्म सहयोग गर्न आग्रह गरेको छ। साथै हालसम्म प्रतिवद्धता जनाएको रकम पनि सोही समयभित्रै प्रदान गर्न महासंघले आग्रह गरेको छ । महासंघले आफुले संचालन गरेको अक्सिजन तथा अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै व्यक्ति तथा संघ संस्थाहरुलाई धन्यवाद् दिएको छ ।

पत्रकार महासंघकै अभियानमा साथ दिई एक करोड बिनियोजन गर्ने नेपाल सरकार, सबैजसो राजनीतिक दललाई पनि धन्यवाद् दिएको छ । हालसम्म करिब ५० लाख बढी संकलन भएको र संकलित रकमको पारदर्शि रुपमा खर्च गरिने र सार्वजनिक गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend