साझा नेटवर्क
अर्घाखाँची जिल्लामा जन्मिएका २५ बर्ष अघीबाट अमेरीकाको Chicago मा स्थापित ब्यवसाय TU बाट नेपालमा डीग्री हासील गरेका लामो समय देखी Anmauss.org का अध्यक्ष समेत रहेका,Chicago सिटीका काउन्सिल मेयर सदस्य इलिनोइस राज्यका काउन्सिल सदस्य सचिव समेत रहेका बाला घिमिरेले लेखेका छन्।
अमेरिकावासी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा
हार्दिक अभिवादन,
सर्वप्रथम विभिन्न समय र परिस्थितिमा हाम्रो समाज र समुदायको हितमा मैले चालेका कदमहरुमा यहाँहरुबाट प्राप्त साथ, समर्थन, माया र हौसला प्रति हृदय देखि आभार प्रकट गर्दछु।
चाहे अमेरिकी नेपाली समुदायको हितमा चालिएको कदमहरु हुन वा मातृभुमि नेपालमा बसिरहेका दाजुभाई दिदि वहिनीहरुलाइ परेको भुकुम्प जस्ता दुखहरुमा सहयोगी हात फैलाउने काम हुन सवै याहाँहरुको साथ र सहयोग बिना सम्भव हुने पक्कै थिएन। अनि सामाजमा क्रियाशील विभिन्न सामाजिक सँस्थाहरुको सदस्य हुँदै नेतृत्वदायी पदहरुमा पुग्न र त्यसमा सफल हुनमा पनि यहाँहरुको सहयोगले सदैव महत्वपूर्ण भूमिका खेलेको छ, त्यसको निम्ती म सदैव आभारी छु । समाजसेवा कुनै आवधिक कार्य हैन, यो त निरन्तर चलिरहने प्रक्रिया हो र यसको अंश बनिरहन सक्नु हाम्रो सफलता हो भने यस कार्यमा सँस्थागत आवद्धता सहित सहभागी रहन पाउनु चाहिं हाम्रो निम्ती अवसर हुन ।
निस्वार्थ समाजसेवाको एक महत्वपूर्ण प्लेटफर्मको रुपमा रहेको , प्रवासी नेपालीहरुको साझा संगठन गैर आवासीय नेपाली संघ (NRN ) अमेरिकाको नयाँ नेतृत्व छनोटको प्रक्रिया आरम्भ भएको छ, समाजका अग्रणी थुप्रै असल पात्रहरु यसको बिभिन्न पदमा रहेर सेवा गर्न अग्रसर भएर निर्वाचनको मैदानमा हुनुहुन्छ र समाजसेवाको आफ्नो प्रतिवद्धतालाई फेरी एक पटक सामुहिक रुपमा प्रकट गर्न सबैसंग मिलेर काम गर्न मैले पनि एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा उमेदवारी दिएको छु ।
अन्य कतिपय सँस्थाहरुमा नेतृत्वदायी पदहरुमा रहेर काम गरिसकेको अनि समाजसेवालाइ नै आफ्नो जीवनको महत्वपूर्ण अंश बनाउने निष्कर्ष निकालेको मेरो लागि एनआरएनको बोर्ड अफ डाइरेक्टरको जिम्मेवारी एक नया अनुभव मात्रै हुनेछैन बरु समाजका बिभिन्न क्षेत्रका स्थापित र अनुभवीहरुसंगको सहकार्यमा सामाज सेवाको एउटा नया अध्याय पार गर्ने अवसर हुनेछ भन्ने ठानेको छु । आशा छ यहाँहरुको साथ र सहयोगमा आगामी निर्वाचनमा विजय भएर एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरको रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछु अनि यस्तो आशा गरिरहँदा निर्वाचित भएमा सवै संग मिलेर एनआरएन अमेरिकालाइ याहाँहरु सबैले आफ्नो ठान्न सक्ने सँस्था बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
धन्यवाद सहित
बाला घिमिरे


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend