साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी जेठ २ ।
दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडौ, चितवन, बुटबल लगायतका स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड –१९ फोकल प्रसन गोपाल कार्कीले जानकारी दिनुभयो ।
कालिगण्डकी गाउँपालिका –५ का ५१ बर्षिय पुरुषको स्याङ्जाको कालिगण्डकी अस्पतालमा मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका – २ का ७५ बर्षिय महिलाको तम्घास अस्पतालमा, सत्यवती गाउँपालिका –७ का ८० बर्षिया बृद्धको घरमै मृत्यु भएको स्वास्थ्य कार्यलय गुल्मीका कोरोना फोकल प्रसन कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरि इस्मा गाउँपालिका –३ का ८१ बर्षिया पुरुषको भैरहवामा, धुर्कोट गाउँपालिका –२ का ३२ बर्षिया पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटलमा, रेसुङ्गा नगरपालिका –१ का ६६ बर्षिय महिलाको चितवनमा मृत्यु भएको कार्कीले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका –१२ का २७ बर्षिया पुरुषको तम्घासबाट पाल्पा लैजाने क्रममा पाल्पाको अर्गलीमा ज्यान गएको छ । रेसुङ्गा नगरपालिका –७ का ६४ बर्षिया बृद्धाको चितवनमा, सत्यवती गाउँपालिका –५ का र इस्मा गाउँपालिका ४ का ४५/४५ बर्षिया पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको कार्कीले बताउनुभयो ।
इस्मा गाउँपालिका –६ अम्मरपुरको २९ बर्षिया पुरुषको पनि मृत्यु भएको कार्कीले जानकारी दिनुभयो । यो सँगै गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । जिल्लामा अहिलेसम्म कुल एक हजार १८६ जना संक्रमित भएका छन् ।
जसमध्ये ९३४ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८८४ जना होम आइसोलेशनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म जिल्लाका कुल २०६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका कोभिड –१९ फोकल प्रशन कार्कीले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend