logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी सेवा समाज कतारको मासिक बैठक सम्पन्न, “अक्सिजन प्लान्ट अभियान”लाई सहयोग गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, नि:स्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सामाजिक कार्यमा सकृय तथा अग्रणी भूमिका खेल्दै आएको गुल्मी सेवा समाज कतारको छैठौं मासिक बैठक शुक्रबार सम्पन्न भएको छ ।
बैठक सस्थाका अध्यक्ष कुमार अविरल पन्थीको अध्यक्षतामा बसेको थियो । बैठकमा कार्यसमितिका पदाधिकारीहरु तथा रोजगारीको सिलसिलामा कतारमा कार्यरत गुल्मेलीहरुको समेत उपस्थिति रहेको थियो । मुस्लिम धर्मालम्वीहरुको महान चाड “इद उल फितर”को शुभकामना आदान-प्रदान गर्दै बैठकलाई अगाडी बढाइएको थियो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि महिनादेखि जूम अनलाईन मार्फत बस्दै आएको बैठक यसपटक प्रत्यक्ष भेटघाट गरी बैठक सम्पन्न गरेको संस्थाका सचिव सुरज चन्द बोहराले बताए ।

वर्तमान समयमा कोभिडको महामारी चलिरहेको जटिल अवस्थामा जिल्लामा पर्याप्त स्वास्थ्य सामाग्री नभएको र कोभिडका बिरामीहरुलाई उपचारमा अक्सिजनको समेत अभाव भएपछी नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले संचालन गरेको “अक्सिजन प्लान्ट अभियान”मा आर्थिक सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष कुमार अविरल पन्थीले साझा नेटवर्कलाई जानकारी दिए । उक्त अभियानका लागि सङ्कलन रकम केहि दिनमै जिल्लामा पठाउने तयारी समेत भएको पन्थीले बताए ।

सोहि वैठकले संस्थामा सहयोगका लागि आएका विभिन्न पिडितहरुका अपिललाई सम्बोधन गर्दै आर्थिक सहयोग गर्ने जनाएको छ । त्यस्तै संस्थाले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानमा समेत आर्थिक सहयोग गर्ने भएको छ ।

समाजले रोजगारिका लागि विदेशमा विभिन्न समस्यामा परेका पिडित तथा स्वदेशमा बिभिन्न सामाजिक कामहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा गुल्मीको विभिन्न स्थानबाट कतारमा कार्यरत रहेका गुल्मेलीहरुको साझा संस्था गुल्मी “सेवा समाज कतार”ले जिल्ला भित्रका विभिन्न समस्याहरुमा मल्हम लगाउने काम गर्दै आएको छ ।

त्यस्तै समाजले विदेशमा अलपत्र परेका नेपालीलाई सहयोग गर्दै आएको छ भने जिल्लामा एम्बुलेन्स सेवा प्रदान गरिसकेको समाजले शैक्षिक क्षेत्रमा पनि सहयोग गर्दै प्रत्येक वर्ष जिल्ला भित्रका १२ वटै स्थानीय तहका विद्यालयहरुमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend