logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा शनिवार ८४ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा, गुल्मी जेठ ०१ ।
गुल्मीमा आज थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।

आज जिल्लाका बिभिन्न स्थानका ३५ जनाले कोरोनाबाट निको भएर घर फर्किएका छन् । आज ५ जनाको मृत्यु भएको छ । आज मालिका गाउँपालिका ७ घमिरका १ जना, रेसुङ्गा नगरपालिका २ तम्घासका १ जना, सत्यवती गाउँपालिकाका १ जना, इस्मा गाउँपालिका ३ का एक जना र धुर्कोट गाउँपालिका २ का एकजना गरी कुल ५ जनाकोे कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कमार्यालयका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।

यो सँगै मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ । आज जिल्लाको रेसुङ्गा नगरपालिकामा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

मालिका गाउँपालिकामा ३ जना, मदाने गाउँपालिकामा ३ जना, धुर्कोट गाउँपालिकामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कालीगण्डकीमा र सत्यवती गाउँपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको छ ।

चन्द्रकोट गाउँपालिकाका १ जना, रुरुक्षेत्र गाउँपालिकाका १८ जना, छत्रकोट गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । इस्मा गाउँपालिकामा १ जना र गुल्मीदरबार गाउँपालिकामा ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

आज सम्म कुल १ सय ९० जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९ सय १ रहेको छ । गुल्मीमा आइसियु र भेन्टिलेटरको सुविधा छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend