logo
  • आइतबार, असोज ११ २०८३

पूर्व मन्त्री विष्टले पठाए गृहजिल्लामा ४५ अक्सिजनका सिलिन्डर


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ०१ ।
पूर्व मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले गृहजिल्ला गुल्मीमा ४५ वटा अक्सिजनका सिलिन्डर पठाएका छन् । जसमध्ये १५ वटा काठमाडौबाट पहिले नै भरेर आएका थिए भने बाँकी ३० वटा शनिबार तम्घास आइपुगेका छन् ।

३० सिलिन्डरमा बुटबलमा अक्सिजन भर्न सम्भव नभएपछि पोखरा लगेर अक्सिजन भरिएको नेकपा एमाले गुल्मीका नेता गणेश श्रीपालीले बताए । पठाएका अक्सिजन सिलिन्डरमध्ये १० वटा गुल्मेली सहयोगी मनको तर्फबाट र बाँकी ३५ वटा विष्टले नै प्रदान गरेको श्रीपालीले बताए ।

जिल्ला आएका सिलिन्डर सबै तम्घास अस्पताललाई प्रदान गरिएको छ । अक्सिजन आएसँगै अहिले धेरै बिरामीलाई सेवा दिन सकिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

अहिले अस्पतालमा अक्सिजन दिएर उपचार गर्नुपर्ने ३७ जना कोरोना संक्रमित बिरामी छन् । अक्सिजन आएसँगै अहिले उपचारमा थप आत्मबल बढेको र सहज भएको डा. पच्याले बताए

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend