साझा नेटवर्क
साझा नेटवर्क, बैशाख ३१, काठमाडौं ( नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।
संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समयमा कसैको दाबी नपरे पछि ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेका हुन्।
यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन्। यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन्।
प्रधानमन्त्री ओलीले सबै पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend