logo
  • शुक्रबार, साउन ८ २०८३

कोरोना आपतकालीन कोषमा साढे २ लाख रुपैयाँ प्राप्त


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, बैशाख ३० ,रुपन्देही -नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ ।
रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।
कोषमा स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्नु भएको अध्यक्ष रामराज पोखरेलले जानकारी दिनु भयो ।
पोखरेलका अनुसार कोषमा साढे २ लाख रुपैयाँ प्राप्त भइसकेको छ ।
कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुने क्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकट लाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताउनुभयो ।
कोरोनाको दोस्रो लहर बाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिनुभयो ।
यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघ संस्था सँग सहकार्य गरि स्वास्थ्य सुरक्षाका सामाग्री समेत वितरण गरिसकेको छ ।
पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न महासंघले आग्रह गरेको छ ।
कोषमा रकम जम्मा गर्न चाहनेले शाइन रेसङु्गा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बरमा ००१००१००००५०३३०००००१ जम्मा गर्न अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend