logo
  • आइतबार, असोज ११ २०८३

अक्सिजन अभियानमा राधा–माधवको सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २९ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन अभियानमा राधा–माधव समिति गुल्मीले सहयोग गरेको छ । सदरमुकाम तम्घासमा रहेको समितिका सत्सङ्गिहरु तथा डिभाइन युथ क्लव गुल्मीका सदस्यहरुले रकम संकलन गरी पत्रकार महासंघ, गुल्मीलाई हस्तान्तरण गरेको पत्रकार महासंघका प्रदेश सदस्य ताराप्रसाद भुसालले जानकारी दिए ।
राधा–माधव समितिका संयोजक महाशर्मा भण्डारीले बुधबार पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याललाई ३२ हजार ७६५ प्रदान गरेका हुन् । संयोजक भण्डारीले अक्सिजनको अभाव झेलिरहेको अवस्थामा पत्रकार महासघंले सुरु गरेको अभियानमा आफुहरुको सधै साथ रहने बताए ।

साथै भोलेन्टियर रुपमा काम गर्ने जनशक्ति चाहिए पनि डिभाइन युथ क्लवमार्फत आफुहरुले उपलब्ध गराउने प्रतिवद्धता जनाए । पत्रकार महासंघका अध्यक्ष अर्यालले अक्सिजनकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले अक्सिजन अभियान सुरु गरेको बताए ।

संस्थाकै सभाहलमा बोलाएर कोरोनाविरुद्धको अभियानमा इट्टा थप्ने काम गरेकोमा राधा–माधव समिति र डिभाइन युथ क्लवलाई धन्यवाद् दिए । त्यसका साथै उनले कोरोनाविरुद्धको अभियानमा सबै एकजुट भइ रकम संकलन अभियानमा जुट्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend