साझा नेटवर्क
चुरामणि तिमिल्सिना रिडी -रुरु धार्मिक सेवा सन्चार प्रालिको ८औ बार्षिक उत्सब समारोह सामाजिक सन्जालबाट शुभकामना आदान प्रदान गर्दै मनाइएको छ ।
धार्मिक स्थलहरुलाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको हो ।
प्रालिले स्थापना भएको आजकै दिन लाई सम्झना गर्दै ८औ बार्षिक उत्सब समारोह सामाजिक सन्जालबाट शुभकामना आदान प्रदान गर्दै मनाएको हो ।
विगतका बर्षहरुमा औपचारिक कार्यक्रम गरि बार्षिक उत्सब मनाए पनि यस बर्ष कोरोनाको कारणले कुनै पनि कार्यक्रमको आयोजना गर्न नसकिएको प्रालिका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले जानकारि दिनु भयो। प्रालिले स्थापना काल देखिनै धार्मिक पौराणिक सांस्कृतिक एेतिहासिक तथा खोज मुकल पर्यटकिय स्थलहरुको प्रचारप्रसार गरिरहेको छ ।
रुरु क्षेत्रमा चार जिल्लाका कविहरुको माझ कबि गोष्ठी समारोह , मन्दिर परिसरमा भक्तजनहरुको आर्थिक सहयोगमा २४सै घन्टा फ्री ईन्टरनेट सुबिधा , असहाय, गरिब, बिपन्न , अपांग , गरिब दुखि बर्ग भक्त भक्तेनि आमा बुवा सन्तहरुको लागि दाताहरुको समन्वयमा स्वास्थ्य शिबिर , लता कपडा वितरण भन्डारा खाध्य सामाग्री वितरण , ठुला ठुला महायज्ञको सन्चालन व्यवस्थापन गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक रुरु धाममा भजन प्रतियोगिता , दोहोरो शंख बजाउने प्रतियोगिता , करोड दिप प्रज्वलन, चार जिल्ला पाल्पा, गुल्मी स्याङ्जा र अर्घाखाँचीका पत्रकार सम्मान , सामाजिक अभियान्ताहरु सम्मान , असल वुहारीको सम्मान, निसुल्क चौरासी ,ब्रतबन्ध दान दाताको सम्मान कार्यक्रमलाई सात बर्ष देखि निरन्तर सन्चालन गरिरहेको छ ।
प्रालिले यति मात्र हैन विभिन्न स्थानमा आवस्यकता अनुसार भजन मन्डलि संगै ब्रहामण उपलब्ध गराउने,प्रचारप्रसारको लागि रुरु भित्ते पात्रो प्रकाशन गर्ने , सन्चार र सुचना लाई प्रचार प्रसार गर्न विभिन्न बिधालय महिला समुह,आमा समुह क्लब , उधोग बाणिज्य संघ , वडा परिवार लगायतलाई उद्घोषण , आधारभुत पत्रकारिता ,समाचार लेखन बाचन, नेतृत्व बिकास तालिम पनि सञ्चालनको कार्यलाई निरन्तरता दिदै आएको छ ।
सेवा सन्चारको नाम राखेकै आधारमा बिपन्न परिवारका बिरामी लाइ सामाजिक सञ्जालको प्रयोग गरि आर्थिक संकलन तथा हस्तान्तरण कार्यक्रमलाइ केही समय यता देखि प्राथमिकता साथ अगाडी बढाइरहेको छ ।प्रालिको कार्यालय संग कुनै पनि आर्थिक सहयोग जगेडा नभएपनि हाल सम्म दान विर दाताहरुको सहयोग बाट फ्री ईन्टरनेट सुबिधा देखि कार्यालय बसेको भवन सिसि क्यामरा जडान ,दराज कुर्चि ,अफिसियल सामाग्री हाल सम्म दाताकै सहयोग बाट सञ्चालन भएको छ । यस अवसरमा आर्थिक भौतिक नैतिक देश तथा बिदेशबाट सहयोग प्रदान गर्नु हुने सम्पुर्ण दानदाताह्ररु प्रति हार्दिक धन्यवाद प्रदान गरिएको छ।
यसो त यस सस्थाले बिगतका बर्षहरुमा शैक्षिक तथा बौद्धिक कार्यक्रम गर्ने , नेपाल प्रहरीको सहयोगमा पिछडियका महिला बर्ग अपांग मात्र नभइ गाउँका महिला दिदि बैनिहरुलाइ लैङ्गकि हिंसा,बाल बिबाह ,बहुविबाहा चेतना मूलक बिषयबस्तु सामाजिक सञ्जाल , गाजा फडानी अबैध मदिरा उत्पादन रोकथाम , सरसफाइ कार्यक्रम जस्ता बिषयमा तालिम पनि प्रदान गरिरहेको छ ।
यस्ता कार्यक्रम लाई वडा तथा प्रहरीको सहयोग भएमा निरन्तर प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाले जानकारि गराउनु भयो ।मंसिर महिनामा महामारीको नियन्त्रण भएमा विविध कार्यक्रमका साथ प्रालिले रुरु धाममा सातौ भजन महोत्सव समारोह सम्पन्न गर्ने योजना अगाडी बढाएको छ।धार्मिक सस्था प्रालिले आजकै दिनदेखि आफ्नै कार्यालय वाट कर्ताको माग भएको कारणले अन्लाईन बाट ग्रहशान्ति जप हबन , तर्पण तथा विविध पुजा गराउने कार्यक्रम बैदिक स्वस्थिवाचन गरि शुभारम्भ गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend