logo
  • आइतबार, असोज ११ २०८३

वायरिङ गर्ने क्रममा छतवाट खस्दा एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कमल पौडेल, बाग्लुङ्ग  वैशाख २६।
बागलुङको खर्बाङमा घरको छतवाट खस्दा एक जनाको ज्यान गएको छ।
बडिगाड गाउँपालिका वडा नं. २, दनिया निवासी ३९ वर्षिया रन बहादुर रानाको मृत्यु भएको हो। स्थानिय दिपु केसिको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला ज्यान गएको हो।
गिरिङ्दी खोला लघु जलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमति सहित २ छोरा र १ छोरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend