logo
  • आइतबार, असोज ११ २०८३

पीडित बालकलाई उपचार खर्च जुट्यो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,गुल्मी बैशाख २५ ।

लामो समयदेखि गम्भीर रोग बाट ग्रसित भै काठमाडौको कान्ति बाल अस्पतालमा उपचाररत मदाने गाउँ पालिका १ अग्लुङका बालक लाई उपचार खर्च जुटेको छ ।अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भै उपचार गर्न नसक्ने अवस्था सृजना भैरहेको अवस्थामा समाज सेवि युवा अभियान्ता सुशील चन्द र अधिकृत नारायण घर्तीको विशेष पहल तथा सक्रियतामा बालकको उपचारको लागि प्रयाप्त रकम जुटेको हो । बालक लाई देश तथा विदेश बाट समेत विभिन्न सहयोगी दाताहरूले आर्थिक सहयोग गरेका थिए । बालकको उपचारको लाई करिब १ लाख २० हजार रकम संकलन भएको छ ।

संकलित रकम बिरामी उपचाररत अस्पतालमा पुगि अग्लुङ- काठमाडौ सम्पर्क समाजका उपाध्यक्ष मनोज के सि,सदस्य तारामणि चन्द लगायतले बिरामीका आफन्तलाई हस्तान्तरण गरेका थिए । आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी दातालाई बिरामीका बुबा मोति चन्दले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend