साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
प्युठान सेवा समाज कतारका सल्लाहकार विशाल जिसीको बुबा स्वार्गीय टिका बहादुर जिसीको असामयिक निधन भएकोमा समाजले शोकसभा गरेको छ।
प्युठान जिल्ला झिमरुक गाँउपालिका ५ निवासी वर्ष ६० का जि.सीको कोभिडको कारणबाट काठमाडौं स्थित प्रहरी अस्पतालमा गत १४ वैशाख २०७८ का दिन उपचारको क्रममा निधन भएको दुखद खबरले प्युठान सेवा समाज कतार परिवार स्तव्ध र मर्माहत भएको बताए। २४ वैशाख २०७८ का दिन एक कार्यक्रमको आयोजना गरी समाजले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा संस्थाका उपाध्यक्ष केशव बहादुर के.सी सल्लाहकार चेतमान जैसी ,सल्लाहकार कमल आर्चाय, संरक्षक गुमान सिंहले लगाएतको उपस्थित रहेको थियो। तस्बिरमा फुल माला र अविर लगाएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए। मृतका दुई छोरा पनि कतारमै रहेकोले बुबाको नाममा र संस्थाका अध्यक्षले दिप बत्ती बालेर श्रद्धाञ्जली दिएका थिए । मृतकका छोरा विशाल जि.सीले आफ्नो ३ पुस्टे परिचय सहित बुवाले लिएको निति र विचार सधै भरि समाजले स्मरण गर्ने बताएका थिए ।
कार्यक्रमको सहजीकरण संस्थाका का.वा महासचिवले सञ्चालमा संस्थाका अध्यक्ष धर्म सिंह विस्वकर्माले स्वगीय जि.सीले जिल्लामा रहेर सामाजिक वैचारिक संस्था प्रति उहाँले गरेको योगदान सराहनीय रहेको उहाँ जस्तो व्यक्तिव गुमाउन पर्दा सिङ्गो समाज मर्माहित भएको बताउदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै दुखदको घडिमा शोक सन्तप्त परिवारप्रति धैर्र धारण गर्ने शक्ति प्राप्त होस् भनि समाजले गहिरो समावेदना प्रकट गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend