logo
  • आइतबार, असोज ११ २०८३

मदाने गाउँपालिकाले कोरोना रोकथामको लागि देखायो सक्रियता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी बैशाख २४ ।

गुल्मी जिल्लाको मदाने गाउँपालिकाले कोरोना रोकथामको लागि सक्रियता देखाएको छ । गाउँपालिकाकी उपाध्यक्ष सरिता चन्दका अनुसार देश तथा बिदेश बाट आउने नागरिकलाई कम्तिमा २० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्ने व्यावस्था गरिएको बताउनु भयो ।मदाने बासिमा कोरोना नफैलियोस तथा नियन्त्रण गर्न यो अभियान बनाएको बताउनु भयो । कोरोना संक्रमण भै हालेमा कोरोना संक्रमितको हेरबिचार तथा उपचारको निम्ती पालिकाले स्वास्थ्यकर्मी खटाएको छ । मदाने गा पा वडा न ४ म्यालपोखरी स्वास्थ्य कार्यलय नजिकै सम्पुर्ण पालिका बासिलाई सहज हुने तरिकाले कोभिड अस्पताल समेत निमार्ण गरिएको छ । आज सम्मको गणना अनुसार मदानेमा जम्मा ८ जना संक्रमीत भएका छन भने २ जना जटिल रहेको बताउनु भयो ।

पालिकामा कम मात्रामा संक्रमण भएकोले अक्सिजनको अभाब नभएको बताउनु भयो । प्रमुख प्रसासकिय अधिकृत रुद्र पछाईका अनुसार अहिले सम्म ८ जना मध्य वडा नम्बर १ अग्लुङ्गको एक जना ,वडा नम्बर २ को एक जना ,वडा नम्बर ३ को एक जना,वडा नम्बर ६ का २ जना र वडा नम्बर ७ का ३ जना रहेको बताउनु भयो। वडा नम्बर ४ र ५ भने कोरोना संक्रमण अहिले सम्म नभएको बताउनु भयो। पालिका भित्र कुनै अत्यावश्यक सबारी साधन बाहेको अरु चल्न रोक समेत लगाईएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्डका सामान प्रयोग गरेर मात्र अति आबस्यक काम भए जान मिल्ने तथा पालिकाको सहमति अनुसार हिड्न पाईने भएको हो। प्रत्यक वडामा यसको हेरचाहको लागि सक्रिय रहन समेत स्वास्थकर्मी खटाईएको छ। कोरोना लागेका ब्यक्तिलाई पालिकाको तर्फ बाट गाडी भाडा क्वारेन्टाइनमा बस्दा खाना ,बस्नको ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend