logo
  • आइतबार, असोज ११ २०८३

चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २४।
गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु भएको हो । दजाकोटका उजिर गाहा र भिमश्री गाहाको घरमा बिहिबार राति चट्याङ परेको थियो ।

चट्याङ्ले अन्य आठजना घाइते भएका छन् । ६३ बर्षिया उजुर सिहं गाहा, ६२ बर्षिय तथिकला गाहा, ३७ बर्षिया तुल बहादुर गाहा, ३२ बर्षिय जुनी गाहा घाइते भएका छन् । त्यसैगरी १४ बर्षिय मेलिना गाहा, आठ बर्षिया जोनित गाहा, ३३ बर्षिया चित्र बहादुर गाहा र २८ बर्षिय ज्योतिकला गाहा घाइते भएका छन् ।

घाइतेहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । घाइते सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend