logo
  • शनिबार, कार्तिक २२ २०८३

अख्तियारका पूर्वप्रमुख आयुक्त  लाई धरौटीमा छाड्न आदेश


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, काठमाण्डौ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लाई धरौटीमा छाड्न
आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईको संयुक्त इजलासले बस्न्यात लाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा अख्तियारले पूर्व प्रमुख आयुक्त बस्न्यात विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले गएको मङ्सिर २८ गते बस्न्यात लाई थुनामा राख्न आदेश दिएपछि उहाँका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण सापकोटाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
बस्न्यात माथि भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय मन्त्रिपरिषदमा लैजान तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय कुमार गच्छदार समक्ष फाइल पेस गरेको आरोप छ ।
सर्वोच्चको आदेशमा बस्न्यात ६९ वर्षको ज्येष्ठ नागरिक रहेको, मुटु सम्बन्धि समस्या रहेको, परिवारका सदस्य लाई कोरोना संक्रमण भएको लगायतका कारणले थुनामा राख्न उचित नदेखिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend