logo
  • आइतबार, असोज ११ २०८३

चन्द्रकोटमा १७ शैयाको आइसोलेशन निर्माण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २२ ।
दोस्रो चरणको कोरोना नियन्त्रणको लागि जिल्लाको चन्द्रकोट गाउँपालिकाले १७ शैयाको आइसोलेशन बनाएको छ । चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन शैयाको आइसोलेशन निर्माण गरिएको हो । जसमा सातवटा अक्सिजन रहेका छन् ।

दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए । गाउँपालिकामा भारतबाट आएका ३९ जना र तेस्रो मुलुकबाट आएका ११ जना आएका छन् ।

अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सबै नियमित सम्पर्कमा रहेको खत्रीले बताए । गाउँपालिकाले एन्टिजेन्ट परीक्षणका लागि आवश्यक सबै तयारी गरेको छ ।

संक्रमितको शव पालिकाका दुई ठाउँमा मात्र दाहासंस्कार गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिए । कोरोना नियन्त्रणका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने अध्यक्ष खत्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend