logo
  • शनिबार, कार्तिक २२ २०८३

८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि ,५८ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क ,२२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । आज सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । यो संगै
कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ४७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend