logo
  • शुक्रबार, असोज ९ २०८३

कतार नेपाली एकता समाजले श्रर्मिक दिवस मनायो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार।
नेपाली एकता समाज कतारले  कोरोनाको बढ्दो संक्रमणको कारण भर्चुअल जुम मार्फत श्रमिक ( मे दिवस ) भब्यताका साथ सम्पन्न गरेको छ।

मे १ तथा बैशाख १८ गते २०७८ का दिन कतार नेपाली  समाजका का.वा.अध्यक्ष खिम बुढाको अध्यक्षतामा कार्यक्रम ज्ञात अज्ञात सहिद प्रती १ मिनेट मौनधारण पश्चात अघि बढेको थियो। कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन,अतिथीहरु एकता समाजका उपाध्यक्ष अमिना खान,महिला संयोजक जानुका बस्नेत, उपस्थिति रहेको थियो ।

त्यसैगरी बिदामा रहनु भएका अध्यक्ष बिष्णु थापा, बुद्धिजिबी बिभागका संयोजक हरी प्रसाद शर्मा, रक्तिम बिभागका अध्यक्ष बलदेब राना,केन्द्रिय सदस्य थम्मन पुन, हुमाकान्त आचार्य,अल्खोर एरिया समितिका अध्यक्ष दिपेश भन्डारी ,सनैया सि एरिया समितीका अध्यक्ष भुपेन्द्र चन्द,सनैया डि एरिया समितीका अध्यक्ष टेकराज थापा,सलाता एरियाका अध्यक्ष मिन बहादुर बि.क., दोहा एरिया समिती अध्यक्ष गिरी काउछा, पत्रकार उद्वब मगर,लगायतका अतिथिहरुको प्रतिनिधित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा समाजका कोषाध्यक्ष लक्ष्मण कोईरालाले स्वागत गर्नु भएको थियो। आफ्नो मन्तव्य राख्दै अध्यक्ष बिष्णु थापाले मजदुरको प्रतिनिधित्व, सामाजिक सुरक्षाको व्यवस्था र श्रम कानुन सुधार लगायतका संविधानमै महिला, आदिवासी जनजाति, दलित र पिछडिएका वर्ग समुदायको पनि समान प्रतिनिधित्व हुनुपर्नेमा लगाएत मजदुरहरूले स्वच्छ श्रम सम्बन्ध र सामाजिक सुरक्षाका लागि पनि आवाज उठाउनु पर्नेमा जोड दिनु पर्ने बताए ।

त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनले बोल्दै आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको लागि १ सय ३२ वर्षअघि अमेरिकी शहर शिकागोमा भएको मजदुर आन्दोलन सफल भएको दिनलाई सम्झदै हरेक वर्ष मे १ मा अन्तर्राष्ट्रिय श्रमिक मनाउदै आएको र यसको महत्व बारे पस्ट पर्दै विश्व मजदूर दिवसका अवसरमा मानव समाजको सुरुवातदेखि स्वतन्त्रता मानवअधिकार विधिको शासन र लोकतन्त्रका लागी भएका थुप्रै संघर्ष मध्ये मजदूर आन्दोलनको विशेष महत्वरहेको चर्चा गर्दै श्रम गर्ने क्रममा माध्यम र प्रकृति फरक–फरक भएपनि सबै खाले श्रमको उचित कदर हुनु पर्ने बताउनु भएको थियो।

यसैगरी एरिया समितिबाट क्रमश शुभकामना मन्तव्य  क्रममा विश्वाव  बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड -१९ कारण  गर्दा  बिगतको बर्ष जस्तै कार्यक्रम गर्न सहज नभएको हुँदा आ -आफ्ना कार्यकर्ता बीच जुम मार्फत एतिहासिक कार्यक्रमको आयोजना  गरि  सुभकामना आदान-प्रदान गर्ने  जमर्को गरेकोमा  कतार नेपाली  एकता समाजलाई  धन्यवाद प्रकट गरेका थिए।

अन्त्यमा एकता समाजका का। वा। अध्यक्ष खिम बुढा आफनो मन्तव्य सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव राम प्रसाद पराजुली गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend