साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी बैशाख १८ ।
गायक तथा सर्जक सन्तोष केसीको पञ्चेबाजा गीत “साली भेना” सर्वत्र चर्चामा रहेको छ । विगत लामो समयदेखि निरन्तर गीत संगीतमा लागिपरेका सन्तोषका हजारौं गीतहरू बजारमा छन् । केसी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक तथा सर्जक हुन् । जसमध्ये सयौं गीतहरू निकै चर्चामा छन् ।

मौलिकपन बोकेका गीतहरू गाउन र सृजना गर्न बढी रुचाउने सन्तोष आधुनिक गीत पनि त्यतिकै उत्कृष्ट सृजना गर्नेगर्छन। यसैबीच, मौलिकपन बोकेको एउटा नयाँ पन्चेबाजा गीत बजारमा रिलिज गरेका छन् ।
केही दिन अघि सार्वजनिक भएको “साली भेना” बोलको गीतमा सन्तोषले नै सुमधुर आवाज दिएका छन् । गीतमा लोकप्रिय गायिका अन्जु पन्तको पनि सुमधुर आवाज सुन्न सकिन्छ । वैवाहिक लगनको महिना बैशाखलाई लक्षित गर्दै उनको गीत रिलिज गरेका हुन् । गीतमा सन्तोष केसीकै शब्द अनि संगीत रहेको छ।
गीतको अडियो एकदमै उत्कृष्ट छ । गीत सुन्दा जति मज्जाको लाग्छ, भिडियो हेर्दा झन मन आकर्षित हुनेगर्छ। भिडियो झन दमदार बनाइएको छ। भिडियोमा कलाकार निता ढुंगाना, अनु शाह, नम्रता सापकोटा , बिमल अधिकारी, बिक्रम बुढाथोकी र रमेश केसी लगायतलाई देख्न सकिन्छ।
विवाहमा साली र भेना बीच हुने रमाइलोको कुरालाई भिडियोमा देखाइएको छ। भिडियो रिलिज भएको छोटो समयमै युटुब ट्रेन्डिङमा पनि पर्न सफल भएको छ। गीत र भिडियो दुबैलाई उत्तिकै रुचाइएको छ। टिकटकमा पनि हजारौं भिडियोहरु यस् गीतमा बनेका छन् ।
राजेश घिमिरेले आकर्षक फ्रेममा भिडियो खिचेका छन् भने भिडियोलाई निर्देशन तथा सम्पादन क्रान्ति केसीले गरेका हुन । भिडियो सन्तोष केसीको अफिसियल युटुब च्यानल एस एस डिजिटलबाट सार्वजनिक गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend