logo
  • शुक्रबार, असोज ९ २०८३

संचारकर्मी हुकुम थापाको पहिलो गित “ज्यान जाला” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी बैशाख १८ ।
सञ्चारकर्मी तथा नवगायक हुकुम थापाको पहिलो लोक दोहोरी गीत “ज्यान जाला” सार्वजनिक भएको छ । गीतलाई सनिवार युट्युब मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।

पछिल्लो समय नेपाली लोक सांगीतिक बजारमा मौलिकता हराउदै गएको बेला थापाले मौलिकता झल्कने लोक तथा दोहोरी गीत “ज्यान जाला” सार्वजनिक गरेका हुन ।

गीतमा थापालाई सुनीता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छिन् भने लय तथा शब्द चर्चित सर्जक नेत्र अर्यालको रहेको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन ।

गीतमा अर्जुन कुवँर, आयुष्मा कार्की लगायतको अभिनय रहेको छ । प्रकाश धमलाको सम्पादन महेन्द्र भण्डारीको एरेन्ज रहेको उक्त गीत नयाँ पाइला युटुब च्यानल मार्फत डिजिटल बजारमा उपलब्ध गराईएको छ ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालीका वार्ड नं. ६ चिदिपानी गुल्मीमा जन्म भई हाल जिल्लामा संचालित विभिन्न ३ ओटा एफएम रेडियो तथा बि टिभि एचडीमा कार्यरत लोकमन्जरी कार्यक्रमका संचालक समेत रहेका थापाले पहिलोपटक “ज्यान जाला” एल्वम बजारमा ल्याएका हुन ।


गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend