साझा नेटवर्क
Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China
काठमाडौं, बैशाख १८ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यो संख्या नेपालमा संक्रमण देखिएयता २४ घण्टामा पहिचान भएको सबैभन्दा बढी हो ।

गत साल कात्तिक ५ गते एकैदिन नेपाल ५ हजार ६४३ जनामा संक्रमण देखिएको थियो। शुक्रवार ५ हजार ७२७ जनामा संक्रमण देखिएको थियो।
१४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जनामा र ५६६ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।
यस्तै, एकैदिन १९ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। देशभर हालसम्म ३ लाख २८ हजार ८९३ जनामा संक्रमण देखिँदा ३ हजार २९८ जनाको मृत्यु भइसकेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend