साझा नेटवर्क
साझा नेटवर्क, अर्घाखाँची वैशाख १८।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिकामा काेभिडका कारण एक जनाको ज्यान गएकाे छ ।
भुमिकास्थान ३ साबिक धारापानी ७ ठुलाखर्क निवासी ५० बर्षिय इन्द्रमणी भाट ( पाल्पाली )को दुखद निधन भएको हाे ।
भाटकाे उपचारकाे क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएकाे हाे। उहाँका परिबारहरुको पनि कोरोना संक्रमितका कारण उपचार भैरहेको बुझिएको छ। मृतक भाट गाउँमै पसल गरि बस्नु भएको र स्थानीयहरुलाई आबश्यक सामाग्रीहरु होम डेलिभरी समेत गरि दिनु हुन्थ्यो भन्ने जानाकारी प्राप्त भएको छ।
कोरोना रोग लाग्ने मध्ये धेरै भारतबाट आएको ब्यक्तिलाई लागेको भन्ने कुरा लाई यस घटनाले गलत शिद्व गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend