logo
  • शनिबार, साउन ३० २०८३

कोरोना सङ्क्रमित भारतीय टीभी पत्रकार सरदानाको निधन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डाै, बैशाख १७ ।
काेराेना सङ्क्रमित भारतीय टीभी पत्रकार रोहित सरदानाको उपचारका क्रममा ज्यान गएकाे छ । पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो ।
उहाँकाे दिल्लीकाे नोयडामा रहेको मेट्रो अस्पतालमा ज्यान गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट निकै चर्चित सरदाना सन् २०१७ मा जी–न्यूज छाडेर आज तकमा जानुभएको थियो ।

आज तकबाट प्रसारण हुने चर्चित कार्यक्रम ‘दंगल’ का कार्यक्रम सञ्चालक सरदानाको निधनमा भारतीय राजनीतिज्ञ र सेलिब्रेटीले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend