logo
  • आइतबार, असोज ११ २०८३

दैलेखमा कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुर्खेत, वैशाख १७ ।
दैलेखमा कोरोना संक्रमणबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend