logo
  • आइतबार, असोज ११ २०८३

प्यूठानमा काेराेना संक्रमण दर तिव्र यहि गति कायम रहे अर्काे हप्ता देखि लकडाउन हुने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

रमेश गिरि,प्यूठान बैशाख १५ ।

काेराेना संक्रमण दर तिव्र गतिमा फैलिएको छ यहि गति कायम रहे अर्काे हप्ता देखि लकडाउन हुने । आजकाे मितिसम्ममा प्युठान जिल्लामा काेराेना संक्रमितकाे संख्या १७६ र काेराेना संक्रमणका कारण मृत्युु हुनेकाे संख्या १४ जना रहेकाे छ । पछिल्लो समयमा संक्रमित दर र मृत्यु हुनेकाे दर बढी भएकाेले यहि गतिमा काेराना संक्रमण तिव्र गतिमा फैलिएमा अर्काे हप्ता देखि प्युठान जिल्लामा लकडाउन हुन सक्ने सम्भावना रहेकाे प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी गराउनु भयाे ।

प्रमुख जिल्ला अधिकारी भुसालले बढी संक्रमित भएका बाहिरी जिल्ला र भारतबाट दिनप्रतिदिन ठुलो संख्यामा मानिसहरू जिल्ला भित्र अाइराख्नु भएकाे छ , उहाँहरूलाई १०/१२ दिनसम्म हाेम क्वारेन्टाइनमा बस्न अाग्रह गर्नु भयाे । जिल्ला भित्र रहनुहुने सम्पूर्ण जेष्ठ नागरिक ,दिर्घराेगी तथा बालबालिका लगायत सवै जिल्लाबासी दाजुभाइ दिदिबहिनीहरूलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किनुहुन अनुराेध गर्नुका साथै घरबाहिर निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूरा गरी गतिविधि गर्नुहुन अनुराेध गर्नु भएकाे छ ।

सरकारले पहाडी जिल्लामा सकृय संक्रमितकाे संख्या २ सय पुगेमा जिल्लामा लकडाउन तथा निशेध अाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ४८९७ संकृय संक्रमित थप भएका छन भने काेराेनाका १७ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend