साझा नेटवर्क
१४ बैशाख । नेपालमा गएको २४ घण्टामा चार हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।१५ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परक्षिण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, २४ घण्टामा १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १९४ पुगेको छ।कोरोना पोजिटिभ मध्ये मृत्युदर १.१ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend