साझा नेटवर्क
सम्झना पोखरेल,गुल्मी बैशाख १३ ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा न. ६ कोे वडा कार्यलय एक साताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड १९) सँक्रमणको दोस्रो लहर सुरु भइसकेको र धुर्कोट गाउँपालिका वडा न. ६ का केहि जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना भाइरसको सँक्रमण पुष्टि भएकोले वडा न. ६ को वडा कार्यलयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा एक साताको लागि बन्द गरिएको गाउँपालिकाले विज्ञप्तिमा जनाएको छ ।
साथै कोरोना भाइरस (कोभिड १९) को सँक्रमण बढ्दै गएकोले सम्पुर्ण वडावासिहरुमा सामाजिक दुरी कायम गरी सुरक्षाका उपायहरु अपनाउन आग्रह गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस (कोभिड १९) का कारण धुर्कोट गाउँपालिका वडा न. ७ वाग्ला घर भई हाल अस्थायी रुपमा बुटवल बसोवास गर्ने वर्ष ३५ का पुरुषकोे उपचारको क्रममा बैशाख १० गते मृत्यु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend