साझा नेटवर्क
यमलाल भुसाल, बुटवल बैशाख १३ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रोचरणको माहामारी फैलदै गएसंगै जिल्लाका ४ सय बढी होलटहरुलाई आइसोलेशन र क्वारेन्टाईन वनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

संघले कोरोना विरुद्धको स्वास्थ्यमाप दण्ड अपनाएर १ हजार बढी कोभिड संक्रमितहरुलाई राख्न सक्ने गरि तयारी गरेको जनाएको छ । संघको पदाधीकारीको आकस्मिक बैठकलेसरकारलाई आवश्यक परेका जिल्लाका होटलहरु उपलब्ध गराउन सक्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष राम प्रसाद गौतमले कोभिडको महामारीमा व्यवसायीहरुलाई राहात प्रदान गर्न सरकारले गत वर्ष नै घोर्षणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्डको चार्ज मिनाहा गर्ने निर्णय गरेता पनि विद्युत प्राविधीकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जान जरुरी रहेको औल्याउनु भयो ।
संघले कोभिडको माहामारीको अग्रभागमा खटिने होटल यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय समेत गरेको छ । सरकार र स्थानिय तहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ ।
संघले कोभिड संक्रमित भएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा निम्नतम शुल्कमा राख्न सक्ने गरि तयारी गरिएको र बैठकवाटै सोको निर्णय समेत गराएको महासचिव माधव कुमार खनालले बताउनु भयो । होटलतथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ ।
पछिला दिनमा स्तरिय होटल तथा रिसोट खोल्ने क्रम निकै वढेपनि कोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले उनिहरुको लगानीका सुरक्षाका लागि सरकारले व्यवसायीक ऋणमा सहुलियत र व्याज मिनाहा जस्ता राहातका कार्यक्रम संचालन गर्न जरुरी व्यवसायीको माग रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend