साझा नेटवर्क
गुल्मी, बैशाख १२ । गुल्मीको रेसुंगा नगरपालिकाका सबै विद्यालय सोमबार देखि ५ दिनका लागि बन्द बन्द गर्ने निर्णय भएको छ । नगरपालिका प्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालयस्तरसम्म कोरोना फैलिन सक्ने त्रासका कारण स्कुल बन्द गरिएको शिक्षा शाखा प्रमुख अधिकृत विष्णुप्रसाद ज्ञवालीले बताए । शिक्षणसम्बन्धी सबै गतिविधि तत्कालका लागि स्थगित गरिएको उनले बताए ।
संक्रमण फैलिन नदिन स्कुल बन्द गर्नु उत्तम विकल्प भएको र ५ दिनपछि अवस्था हेरेर थप निर्णय लिने नगरपालिकाले बताएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend