logo
  • शुक्रबार, असोज ९ २०८३

पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ-प्रधानमन्त्री ओली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ,बैशाख ११ ,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भएको छ ।
धरहराको उद्घाटन पछि उहाँले धरहराको बाँकी काम समयमा नै सम्पन्न गर्न सम्बन्धित निकाय लाई आग्रह गर्नुभएको छ ।
यस्तै, उहाँले धरहरा पुनर्निर्माणमा खटिएका सबैलाई धन्यवाद दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको धरहरा बनेको भन्दै पुनर्निर्माणमा खटिनेहरु सम्मानको हकदार भएका बताउनुभयो ।
२०७२ साल फागुनमा ‘मै बनाउँछु मेरो धरहरा अभियान’ बाट चलाए पनि त्यो अभियान अगाडि बढ्न नसकेको तर, फेरि
अर्को अभियान चलाएर धरहरा बनाउन सकिएको उहांले बताउनुभयो ।
उहाँले नेपालको इतिहास, संस्कृति झल्कने र आधुनिकता टल्किने अवधारणा सहित धरहरा बनाएको दाबी पनि गर्नुभयो ।
धरहरा बनाउन प्रधानमन्त्री ओलीले आज २० औं तलामा रहेको धरहराको बालकोनी बाट पुष्प वृष्टि गरेर उद्घाटन गर्नु भएको हो ।
धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ २० औं तलाको बालकोनीमा पुग्नु भएको थियो ।
त्यहाँबाट उहाँले काठमाण्डौ उपत्यकाको दृश्यावलोकन समेत गर्नु भएको थियो ।
भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ ।
धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सार सम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ ।
धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य
संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
धरहराको उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने पाइने छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend